२९ कार्तिक, २०७७
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोडमाथि खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १ दशमलव ६३ प्रतिशतले बढी हो ।
१ अर्ब २ लाख २९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २ अर्ब १० करोड रुपैयाँ संचिती रहेको छ । संस्थाको कुल सम्पत्ती २४ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा संस्थाले २६ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २३ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी १५ दशमलव ९५ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा संस्थाले १ अर्ब ६१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । त्यस्तै, संस्थाले समीक्षा अवधिसम्म १९ अर्ब ३४ करोड १९ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १९ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको कर्जा प्रवाह ० दशमलव ८७ प्रतिशतले कमी हो ।
यस अवधिमा संस्थाको प्रति शेयर आम्दानी ५६ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात २४.०५ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ ३ सय १० रुपैयाँ ८२ पैसा कायम रहेको वित्तीय विवरणमा उल्लेख छ ।
साना किसान विकास लघुवित्तको वित्तीय विवरण सार्वजनिक
आर्थीकसंसार संवाददाता
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो