काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा यो १४.१६ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क सङ्कलन गरेको थियो । इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै नाफा पनि बढेको छ । इन्स्योरेन्सले चालु आवको असोज मसान्तसम्ममा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १२.०२ प्रतिशत बढी हो । इन्स्योरेन्सले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा ९९ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको छ । पुनर्बीमा कमिशन बापत १ करोड १४ लाख, लगानी कर्जा तथा अन्यबाट एक अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ ।
५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ६६ करोड, जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड र महाविपत्ती कोषमा ६० करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १६.६७ रुपैयाँ (वार्षिक) रहेको छ । त्यसैगरी, इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १७७.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८२.४४ गुणा रहेको छ ।
इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या १३ लाख १९ हजार ७०२ रहेको छ । हालसम्ममा इन्स्योरेन्सले १ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरिसकेको छ । त्यस्तै, कम्पनीले समीक्षा अवधिमा कुल १४ हजार ४८९ दाबी बापतको ३ अर्ब ६९ करोड रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ४३ करोड २० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क र नाफामा बृद्धि
आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७७
२८ कार्तिक, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?