काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ४० प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवैमा बृद्धि भएको छ । गत असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ५९ करोड र सञ्चालन मुनाफा बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोषको रकम बढेर ९ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको छ । जुन गत आवको सोही अवधिमा ८ अर्ब ४१ करोड रुपैयाँ सञ्चित थियो ।
बैंकको निक्षेप संकलन र कर्जा लगानी बढेर क्रमशः २ खर्ब २४ अर्ब रुपैयाँ र १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । जुन गत आवको पहिलो तीन महिनामा क्रमशः २ खर्ब १२ अर्ब रुपैयाँ र १ खर्ब ८९ अर्ब रुपैयाँ कायम रहेको थियो ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२.३२ रुपैयाँ रहेको छ । जुन गत आवको असोज मसान्तको तुलनामा ६.५५ रुपैयाँले घटी हो । गत आर्थिक वर्षको असोज मसान्तमा बैंकको प्रतिसेयर आम्दानी २८.८७ रुपैयाँ रहेको थियो । त्यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १५८.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.१९ गुणा रहेको छ । त्यस्तै, बैंकको निष्क्रिय कर्जा अनुपात बढेर १.८३ प्रतिशत पुगेको छ । आधार दर घटेर ७.२५ प्रतिशत र स्प्रेडदर बढेर ५.०३ प्रतिशत रहेको छ ।
ग्लोबल आइएमई बैंकको एक अर्ब बढी नाफा
आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७७
२७ कार्तिक, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो