काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ ।
जर्मन सरकार समर्थित परियोजना ‘ग्रामीण तथा अर्धसहरी क्षेत्रमा दीर्घकालीन आर्थिक विकास–एमएसएमइ वित्त चरण २, नेपाल सरकार, अर्थमन्त्रालय र जर्मन वित्तीय विकास निगमद्वारा सञ्चालनमा रहेको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
लघु, साना तथा मझौला उद्यमको विकासले देशको आर्थिक विकास तथा रोजगारी सृजनामा अहम भूमिका रहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न बैंकले मुख्यतः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशअन्तर्गत ग्रामीण तथा अर्धसहरी क्षेत्रमा रहेका लघु, साना तथा मझौला उद्योगलाई कर्जा प्रदान गर्ने जनाएको छ ।
परियोजनाले विशेषगरी कोभिड–१९ को कारणले अति प्रभावित क्षेत्रमा वित्त तथा तरलता सुविधा (कर्जा सुविधा रु. २ लाख देखी रु. ४० लाख सम्म) प्रदान गर्नेछ । उद्यमशीलताको विकास तथा संकटको समयमा वित्तीय पहुँच प्रदान गरी लघु, साना तथा मझौला उद्योगको माध्यमबाट दिगो तथा समतामुलक आर्थिक विकास गर्ने लक्ष्य यस परियोजनाले लिएको छ । विकास बैंकहरुमध्ये अग्र पंक्तिमा रहेको मुक्तिनाथ बैंकले ४२ जिल्लामा १३८ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
मुक्तिनाथ बैंकद्वारा आर्थिक विकासको लागि दुईवटा बैंकसँग सम्झौता
आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
२६ कार्तिक, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो