
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरुको लागि जूम एपमार्फत ‘क्यारियर विकास र एम.डी.आर.टी तालिम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा ४०० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।
उक्त कार्यक्रमको सुरुवातमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस तालिमको आवश्यकता, एजेन्सी क्यारियर तथा सोका फाइदा आदिका बारेमा प्रकाश पारे । यसका साथै उनले यस तालिमबाट पूरा लाभ लिन सिटिजन लिडरहरुलाई प्रेरित गरेका थिए । सो कार्यक्रमका मुख्य तथा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले अभिकर्ताहरुहरूले सामना गरिरहेका चुनौतीहरू, तीनका समाधान, नयाँ अन्तरदृष्टि र कोभिड–१९ महामारीको स्थितिमा व्यवसाय गर्ने तरिकाहरूका साथै ‘एमडीआरटी’ लक्ष्य सजिलै हासिल गर्ने तरिका, योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हुन पर्ने गुणहरुका बारे प्रकाश पारेका थिए ।