काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि व्यवसायीलाई १० करोड रुपैयाँ बराबरको कर्जा सुविधा दिने भएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रबद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सो मात्राको कर्जा सुविधा दिने भएको हो ।
जसको लागि सिद्धार्थ बैंकले ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी देशमा उत्पादन एवम् रोजगारी अभिबृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो । कृषि क्षेत्रको विकासमा मध्यनजर गर्र्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढी हौसला पुग्ने र कृषि क्षेत्र विस्तारै आधुनिकीकरण एवम् व्यवसायीकरणतर्फ उन्मुख गराउँदै लैजाने बैंकको विश्वास रहेको छ । यस सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यस कर्जा योजनाका प्रमुख विशेषता भनेको १० करोडसम्मको कर्जा सुविधा, प्रशासनिक एवम् नवीकरण शुल्क नलाग्ने र १५ वर्षसम्मको कर्जा अवधि ५ वर्षसम्म रहेको छ । यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहक समक्ष ल्याइएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।
सिद्धार्थ बैंकले कृषि व्यवसायीलाई सहुलियत कर्जा दिने
आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७७
२१ कार्तिक, २०७७- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?