News Portal

  • थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

    ३१४२ जना निको भए, उपत्यकामा मात्रै १४६८ जना थपिए

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७७
    १७५२ पटक
    १८ कार्तिक, २०७७

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय ४७ जना महिला र १ हजार ८ सय ६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
    योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय ६८ जना संक्रमित थपिएका छन् । यसमध्ये ६ सय ४९ जना महिला र ८ सय १९ जना पुरुष रहेका छन् ।
    हाल ३० हजार ६ सय ९४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ सय ७२ जना आईसीयू र ६८ जना भेन्टिलेटरमा छन् । यस अवधिमा ३ हजार १ सय ४२ जना संक्रमित निको भएका छन् । हालसम्म १ लाख ४१ हजार १ सय ३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ७८.६ प्रतिशत रहेको छ ।
    पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । नेपाल पीसीआर परीक्षणमध्ये संक्रमण दर १२.१ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्