काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा उप प्रादेशिक कार्यालयले प्रदेश स्तरिय रेसिडेन्सियल कार्यक्रम सम्पन्न गरेको छ । सुदुरपच्चिमको कैलाली र कंचनपुरको करिब १२० अभिकर्तालाई गत भदौ १र २ गते बर्दिया ,ठाकुरद्वारमा उक्त कार्यक्रम सम्पन्न गरी पहाडको ७ जिल्लाका अभिकर्तालाई भदौ १५र १६ गते डडेलधुराको रातो गुराँस रिसोर्टमा कार्यक्रम सम्पन्न गरेको हो ।
करिब २२ उत्कृष्ट एजिन्सी म्यानेजर र १ जना एमडिआरटी सहितको उपस्थितिमा कम्पनीको प्रदेश प्रमुख राम बहादुर शही र उप प्रादेशिक प्रमुख टेक राज आचार्यले आ आफ्नो प्रस्तुतीकरण दिएका थिए ।