News Portal

  • ग्लोबल आइएमई बैंकबाट ७ महिनामै किन बाहिरिए वरिष्ठ डीसीईओ मास्के ?

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०८०
    २३२ पटक
    १२ भदौ, २०८०

    काठमाडौं । ग्लोबल आइएमई बैंकबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) श्रवणलाल मास्के बाहिरिएका छन् । उनले स्वास्थ्य समस्या देखाउँदै गत साता बैंकबाट बाहिरिएका हुन् ।

    बैंक स्रोतका अनुसार उनले दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

    साविक बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत रहेका मास्के सो बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि वरिष्ठ डीसीईओ बनेका थिए । उनी ग्लोबल आइएमई बैंकमा प्रवेश गरेको ७ महिनामै बैंकबाट विदा भएका हुन् ।

    ग्लोबल आइएमई बैंक र साविक बैंक अफ काण्ठमाण्डूबीच गत वर्षको पुस २५ गतेदेखि एकीकृत कारोबार भएको थियो । बैंकिङ्ग क्षेत्रमा साढे ३ दशक बिताएका मास्केको आगामी यात्राको विषयमा भने खुलाएका छैनन् ।

    प्रतिकृया दिनुहोस्