News Portal

  • एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट बीच छुट सम्झौता

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०८०
    २७९ पटक
    १२ भदौ, २०८०

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेल बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    यो सम्झौतासँगै एभरेष्ट बैंकका ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    अब बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले समेत सो विशेष छुटको लाभ लिन सक्ने बैंकले बताएको छ ।

    समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेति, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य केसीको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्