काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र देखिएको विवादको समाधान कमिटी बैठकबाटै खोज्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग हिजो भएको टेलिफोन संवादमा अध्यक्ष दाहालले पार्टीमा उत्पन्न विवाद समाधानका लागि कमिटी बैठक आयोजना गराउने प्रस्ताव राख्नुभएको थियो । तर अध्यक्ष दाहालको प्रस्ताव प्रधानमन्त्री ओलीले भने अस्वीकार गर्नुभएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभएको छ ।
अध्यक्ष ओलीले सोमबार आफैं टेलिफोन गरेर वान टु वान वार्तामा बस्न भन्नुभएको सापकोटाले बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले पहिले तपाईं र म सहमति गरौं त्यसपछि कमिटी बैठक आयोजना गरौंला भन्ने जवाफ दिएको सापकोटाले बताउनुभयो । केही दिन अघि खुमलटारमा भएको ओलीविरुद्धको भेलाले सचिवालय बैठकका लागि ओलीसँग माग गर्न अध्यक्ष दाहाललाई दबाब दिएको थियो । यसै विषयलाई लिएर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अलगअलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही नभएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले सल्लाह गरेर पार्टी अलग गरौं भन्ने कुरा सही नभएको बताउनुभएको हो । साथै पार्टीभित्रको छलफल, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालिगलौज र आरोपप्रत्यारोपको रुप नदिनसमेत उहाँले आग्रह गर्नुभएको छ । श्रेष्ठले तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै व्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं, ‘पार्र्टी एकताको रक्षा गरौं । साथै पार्टीलाई अकर्मण्य बनाई विघटन एवम् बिसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔं भन्ने लेख्नुभएको छ ।
सत्तारुढ दल जटिल मोडमा
आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७७
१८ कार्तिक, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?