आर्थीकसंसार संवाददाता५ भदौ, २०८०
५ भदौ, २०८०काठमाडौं । नेपाली पुँजीबजारकै अग्रेणी मर्चेन्ट बैंकिङ कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ।
मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी तथा गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सहमतिपत्रमा हस्ताक्षर गरे ।
व्यावसायिक सहकार्यका अतिरिक्त सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ।
समारोहमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत जोशीले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे। गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत धरेलले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे।