आर्थीकसंसार संवाददाता१ भदौ, २०८०
१ भदौ, २०८०काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा २१ दशमलव २ प्रतिशतले रेमिट्यान्स बढी भित्रिएको हो। अघिल्लो वर्ष पनि ४ दशमलव ८ प्रतिशतले बढीले रेमिट्यान्स भित्रिएको थियो।
यस वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो।