काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसका कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई थप तनाव नदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् ।
बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ का कारण आर्थिक समस्यामा परेका ऋणीलाई पनि समयमै साँवा व्याज तिर्न र नतिरेका कालोसुचीमा राखेर ऋण असुली प्रक्रिया सुरु गर्ने चेतावानी दिए भन्ने गुनासो आएपछि गभर्नर अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।
राष्ट्र बैंकले उद्योगी, व्यवसायी, बैंकर तथा अन्य सरोकारवालासँग वेबिनार अन्तरक्रिया गरी गभर्नर अधिकारीले यस्तो निर्देशन दिएका हुन् । गभर्नर अधिकारीले कोभिडका कारण मारमा परेका व्यवसायीलाई राहत प्रदान गर्न र उनीहरुलाई कुनै प्रकारको दबाब दिएर हतोत्साहित नबनाउन आग्रह पनि गरे ।
अधिकारीले कोभिड महामारी सुरु हुनुभन्दा पहिला नै प्रभाव भएको कर्जाको हकमा भने छुट दिन नसकिने भए पनि कोभिडका कारण मारमा परेका ऋणीलाई थप अप्ठेरो बनाएर व्यापार व्यवसाय सञ्चालन हुनै नसक्ने अवस्था सिर्जना हुनसक्ने खतराप्रति बैंकहरु सजग रहनुपर्ने बताए । उनको ऋण तिर्न सक्ने अवस्थाका ऋणीसँग बैंक वित्तीय संस्थाले किस्ता तथा साँवा व्याज लिनुपर्ने भनाइ छ । बैंकको किस्ता तिर्न सक्ने वा नसक्ने अवस्थाका ऋणी बैंकहरु आफैंले चिन्ने भएकाले विवेक प्रयोग गर्न उनले सुझाए । यस्तै, नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याउन लागेको पुनरकर्जा कार्यक्रम आगामी मंसिर महिनादेखि कार्यान्वयनमा आउने भएको छ । राष्ट्र बैंकले पहिलोपटक पुनरकर्जा कार्यविधि नै सार्वजनिक गरी सो कार्यविधिअनुसार पुनरकर्जाको लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई सार्वजनिक आह्वान नै गरेको थियो ।
राष्ट्र बैंकको आह्वान अनुसार आवेदन दिने म्याद असोज मसान्तसम्म थियो । राष्ट्र बैंकका अनुसार सो म्यादभित्र ४४ वटा बैंक तथा वित्तीय संस्थाहरुले करिब ७२ अर्ब रुपैयाँ बराबरको पुनरकर्जाको माग गरेका छन् । राष्ट्र बैंकमा अहिले ३८ अर्ब रुपैयाँ बराबरको पुनरकर्जा कोष छ भने सो कोषमा रहेको रकमको ५ गुणासम्म रकम प्रदान गरिने घोषणा राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जाको व्याज ५ प्रतिशतको हाराहारीमा हुनेछ ।
कोभिडको मारमा परेका ऋणीलाई ऋण तिर्न अनावश्यक दबाब नदिनुः गभर्नर अधिकारी
आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७७
१६ कार्तिक, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?