पोखरा । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले एमडीआरटी सम्मान तथा एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीले मर्ज भइसके पश्चात् साबिकका तीन वटै कम्पनीमा उपलब्धी हासिल गरेका अभिकर्ताहरुलाई समेटेर शनिबार कार्यक्रम सम्पन्न गरेको हो ।
पोखराको माउण्ट कैलाश रिसोर्टमा भएको कार्यक्रममा विभिन्न विधामा उपलब्धी हासिल गर्ने करिब तीन सय अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
टिममा सबैभन्दा बढी ब्यवसाय गर्ने साबिक यूनियनको तर्फबाट इन्द्र बिक, गुँरासको तर्फबाट कृष्ण बहादुर भट्टराई र प्राइमको तर्फबाट टेक प्रसाद आचार्यलाई सर्वोत्कृष्ट सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै सेल्फ कोडमा साबिक यूनियनबाट हिरन डोटेल, गुँरासबाट बुद्धकुमारी बस्नेत क्षेत्री कार्की र प्राइमबाट सरोज देवकोटालाई सर्वोत्कृष्ट सम्मान गरिएको थियो ।
साथै, टिओटी, एमडिआरटी लगायतलाई सम्मान गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णलगायत उच्च पदस्थहरुले सम्मान गरेका थिए । कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख माधव शर्माले प्रशिक्षण दिएका थिए ।
हिमालयन लाइफको एमडीआरटी सम्मान तथा एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न
आर्थीकसंसार संवाददाता२१ साउन, २०८०
२१ साउन, २०८०- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न