काठमाडौं । चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित बैद्य अर्गनाइजेशन बीच विशेष छुट सहित सेवा सम्वन्धी सम्झौता २०८० साउन १६ गते मंगलबार भएको छ ।
बैद्य अर्गनाइजेशनको कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत तथा बैद्य अर्गनाइजेशनका निर्देशक वेद वहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
बैद्य अर्गनाइजेशनका सदस्य र कर्मचारीहरुको लागी आवश्यक स्वास्थ्य उपचार सेवा सुलभ र सहज रुपमा पु-याउने उदेश्यले सम्झौता गरेको समाचारमा जनाइएको छ ।
सम्झौता अनुसार बैद्य अर्गनाइजेशनसँग सम्वन्धित कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ अन्तर्गत पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुटमा सहजरुपमा लिन सक्नेछन् ।
सम्झौतामा चिकित्सकसँगको परामर्श, विषेशज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा प्रि हेल्थ चेकअप सेवा लगायतका सुविधाहरु उपलब्ध हुने जनाइएको छ ।
ॐ अस्पतालले कर्पोरेट डेस्क मार्फत बैद्य अर्गनाइजेशनको संस्थागत सिफारिसमा उपचार तथा परिक्षणका लागि आउनुहुने सेवाग्राहिका लागि सम्पर्क ब्यक्तिको समेत व्यवस्था गरेको छ ।
समारोहमा बैद्य अर्गनाइजेशनका एचआर तथा एडमिन प्रमुख विनिता कुईँकेल र ॐ हस्पिटलका विजनेस डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी सहभागी हुनुहुन्थ्यो ।
नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य उपचार सेवा प्रदायक ॐ अस्पतालले दुइ दशक अधिदेखि नै आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनसँगै ग्राहकहरुकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।
निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ ।
निःसन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
स्वास्थप्रति जागरुक नागरिकहरुकालागि यस अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।
ॐ हस्पिटलमा बैद्य अर्गनाइजेशनका कर्मचारीलाई उपचारमा बिशेष छुट
आर्थीकसंसार संवाददाता१७ साउन, २०८०
१७ साउन, २०८०- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
- नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त