आर्थीकसंसार संवाददाता१५ साउन, २०८०
१५ साउन, २०८०काठमाडौं । पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ । पैसा गरगहना, जिन्सी सामानहरु क्षणिक समयका लागि मात्रै हुने हुनाले आफ्नो भविष्यलाई पनि मध्यनजर गर्दै मानिसहरुले बीमा पोलिसी उपहार दिने प्रचलन भित्रिएको हो ।
यसैबीच क्यापासिटी रेस्टुरेन्ट बौद्ध ६ काठमाडौंका संचालक सुनिल तामाङले आफ्नी छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनले छोरी २ वर्ष पुगेको उपलक्ष्यमा एलआइसी नेपालको चाबहिल शाखाका अभिकर्ता रेजीना पौडेल मार्फत बाल सावाधिक जीवन बीमा प्लान अन्तर्गत १८ लाख बीमाङकको बीमा पोलिसी उपहार दिएका हुन् ।
सुनिल तामाङले महंगा गरगहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च भन्दा आफू र आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी आफ्नी छोरीलाई जीवन बीमा पोलिसी उपहार दिएको बताए ।