News Portal

  • सपोर्ट लघुवित्तको १३ हजार ८९१ कित्ता संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता११ साउन, २०८०
    २०३ पटक
    ११ साउन, २०८०

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रेहको १३ हजार ८९१ कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयरको न्युनतम मूल्य ५५० रुपैयाँ तोकिएको छ ।
    उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडौंमा आफुले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।
    संस्थाले तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्