News Portal

  • धमाधम अभिकर्ता मिलन समारोह गर्दै प्रभु महालक्ष्मी, थप चार सहरमा सम्पन्न

    आर्थीकसंसार संवाददाता३ साउन, २०८०
    १८५ पटक
    ३ साउन, २०८०

    काठमाडौं । असार २९ गते एकीकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका विभिन्न थप शहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले साउन ३ गते एकैदिन नेपालगञ्ज, बर्दिवास (महोत्तरी), बुटवल र बाग्लुङमा उक्त कार्यक्रम गरेको हो ।
    मर्जर पछि व्यवसायको मूख्य अंग भएका अभिकर्ता फोर्सलाई एकिकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरी अभिकर्ताहरुलाई खटाइएको इन्स्योरेन्सले जनाएको छ । साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण पछि दुवै कम्पनीका अभिकर्ताहरुसँग छलफल तथा अन्तरक्रिया समेत भएको छ ।
    प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत नेपालगंजमा किशोरा प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठ, बुटवलमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा, बर्दिवासमा प्रयास श्रेष्ठ र सिताराम धिमाल तथा बाग्लुङमा कमल पन्थी र प्रभात श्रेष्ठले प्रशिक्षण दिए । उक्त सबै कार्यक्रममा १०० देखि २०० अभिकर्ताको सहभागिता थियो ।

    कम्पनीले प्रशिक्षणलाई निरन्तरता दिने क्रममा साउन ४ गते पोखरा र इटहरीमा तथा साउन ७ गते शनिबार काठमाडौंमा अभिकर्ता मिलन तथा प्रशिक्षण कार्यक्रम गर्दै छ ।

    प्रतिकृया दिनुहोस्