काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० रुपैयाँको दरमा ४६,७२९.५४५ कित्ता शेयर अर्थात ४६ लाख ७२ हजार ९ सय ९४ रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता—पत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पूँजी रु. १,००,००,००,०००, जारी पूँजी रु. ९१,५४,५५,४६३ र चुक्ता पूँजी रु. ९१,०७,८२,५०८.५० रहेको छ । उक्त वित्तिय संस्थामा १,७१,००० भन्दा बढी सदस्यहरु लाई सेवा दिदै आईरहेको छ र १९२ वटा शाखा कार्यलयहरुबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।
सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल
आर्थीकसंसार संवाददाता३ साउन, २०८०
३ साउन, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने