News Portal

  • एशियन लाइफले गर्‍याे एक करोड रूपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता३१ असार, २०८०
    २२९ पटक
    ३१ असार, २०८०

    काठमाडाै ।एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबीवापत एक करोड रुपैयाँ दावी भुक्तानी दिएको छ ।
    बीमित हजरा खातुनको पति नाथु देवानलाई आइतबार कम्पनीले एक करोड दुई लाख ५६ हजार ५७५ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
    आइतबार आयोजित एक कार्यक्रममा बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    कलैया उपमहानगरपालिका–२६ निवासी नाथु देवानले वार्षिक तीन लाख ७१ हजार ७५० बीमाशुल्क किस्ता तिर्ने गरी पत्नी हजरा खातुनको २०७८ असार २९ गते दोहोरो बीमांक सुविधा सहित ५० लाख रुपैयाँको बीमांकको वार्षिक धनलाभ बीमालेख गरेका थिए ।
    बीमितबाट बीमा शुल्कको दुई किस्तावापत जम्मा सात लाख ४३ हजार ५०० रुपैयाँ भुक्तानी भएको कम्पनीले बताएको छ ।
    बीमालेखको बीमांक वापतको ५० लाख रुपैयाँ, दोहोरो बीमांक (टु एक्स) वापतको ५० लाख र बोनश रकम समेत एक करोड दुई लाख ५६ हजार ५७५ रुपैयाँ दाबी भुक्तानी गरिएको कम्पनीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्