काठमाडौं । असार २४ गते आइतबार सम्पन्न नेपाली युवा उद्यमी मञ्च (NYEF) १९औं वार्षिक साधारणसभाले साहारा जोशीको नेतृत्वमा २०८०/८१ का लागि नयाँ राष्ट्रिय गभर्निङ काउन्सिल गठन गरेको छ । नयाँ राष्ट्रिय गभर्निङ काउन्सिलका अन्य पदाधिकारीमा तत्कालअघिका पूर्वअध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, द्वित्तीय उपाध्यक्ष निभिता प्रधान र महिला उपाध्यक्ष ऋचा श्रेष्ठ हुनुहुन्छ ।
काउन्सिलका कार्यकारिणी सदस्यहरुमा बिलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, आभूषणज्योति कंसाकार र युनेशराज श्रेष्ठ हुनुहुन्छ ।
काठमाडौंको र्याडिसन होटलमा सम्पन्न साधारणसभा ‘नेसन फस्र्ट’ नारामा केन्द्रित थियो । उक्त नारालाई केन्द्रमा राखेर मञ्चका यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंलगायत देशका विभिन्न ठाउँमा मेड इन नेपाल प्रदर्शनी आयोजना गरिएको थियो । यस वर्षको उद्देश्य च्याप्टरलाई सुदृढ गर्ने, संगठनात्मक उपस्थिति बढाउने र राज्यका तीनवटै तहमा बलियो प्रभाव पार्ने विषय पनि समावेश थियो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्री रमेश रिजालज्यूले उद्घाटन गर्नुभएको कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न साझेदार संस्थाका आमन्त्रितहरुको पनि बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा मञ्चका विगतका गतिविधि र भावी पहलबारे प्रस्तुति दिइएको थियो । नवनिर्वाचित अध्यक्ष जोशीले २०८०/८१ को लागि आफ्नो योजना प्रस्तुत गर्नुभएको थियो । समितिका सबै सदस्यले फोरमको मूल मूल्यमान्यता अनुरूप उद्यमशीलता र विकासको भावनालाई अगाडि बढाउने प्रतिबद्धता दोहो¥याएका छन् ।
उद्यमशीलता र युवाको क्षेत्रमा अनुकरणीय संस्था बन्ने लक्ष्य राख्दै नेपाली युवा उद्यमी मञ्चले सकारात्मक र समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउने प्रयास जारी राख्ने वाचा गरेको छ ।
नवनिर्वाचित अध्यक्ष जोशीले भन्नुभयो, ‘मञ्चले इच्छुक÷भावी युवा उद्यमीलाई युवा उद्यमी सम्मेलन, लिडर्स प्रोजेक्ट, मेड इन नेपाल क्याम्पेन जस्ता पहलहरूमार्फत निरन्तर सहयोग गर्दै आएको छ र हामी यस अभियानलाई निरन्तरता दिँदै थप मजबुत बनाउनेछौं ।’ नयाँ समितिले सिकाइ र प्रगतिलाई बढावा दिन उद्यमीहरूबीचको क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धनको महत्वमा पनि जोड दिएको छ ।
नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा जोशी
आर्थीकसंसार संवाददाता२६ असार, २०८०
२६ असार, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने