News Portal

  • बीओकेबाट दक्षिणा पठाउँदा ३०० सित्तैमा

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७७
    १११५ पटक
    ५ कार्तिक, २०७७

    ५ कार्तिक, २०७७काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडबाट दक्षिणा पठाउँदा तीन सय सित्तैमा पाइने भएको छ । बीओकेले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकताहरूलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको हो ।
    हिन्दूहरुको महान् पर्व वडादशैंमा साधारणतयाः आफ्नो मान्यजनहरूबाट आशीर्वाद लिई दक्षिणास्वरूप पैसा लिनेदिने प्रचलन चल्दै आएको छ । विश्वव्यापी कोरोना संक्रमणलाई ध्यान राखी व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले यस बैंक अफ काठमाण्डूले ‘तिनमा तिन सय’ नगद उपहार योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख भनिएको छ । साथै, चाडपर्वलाई हर्ष उल्लासको साथ मनाउन बैंकको ग्राहकहरूले तीनपटक भिन्नभिन्न व्यक्तिलाई बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार वा सो भन्दा बढी भएमा ३ सय रूपैयाँ नगद उपहार लागि ग्राहकहरू योग्य हुनेछन् । जसको कारणले विश्वमा नै फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाइरस संक्रमणको बाहक हुन नदिनको ग्राहकहरूलाई दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी नगद उपहारबाट लाभान्वित बैंकले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्