आर्थीकसंसार संवाददाता८ असार, २०८०
८ असार, २०८०काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता थुप्रिए पछि २० अर्बको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकले हिजो बिहीबार पनि रिभर्स रिपो जारी गरेको थियो । १० अर्बको रिभर्स रिपो जारी गर्दा बैंकहरुले २६ अर्ब ३३ करोडको लागि आवेदन दिएका थिए ।
प्रणालीमा तरलता थुप्रिदै गए पछि आगामी आइतिबारका लागि २० अर्बको रिभर्स रिपो जारी गर्न थालेको हो । प्रणालीमा अधिक भएको तरलता तान्ने मौद्रिक औजारको रुपमा रिभर्स रिपोलाई प्रयोग गरिन्छ । बैंकिङ प्रणालीमा करिव ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।
अधिक तरलतालाई बजारबाट तान्न राष्ट्र बैंकले रिभर्स रिपो जारि गर्ने गर्छ । बिहीबार रिभर्स रिपोको व्याजदर ३.०१ प्रतिशत कायम भएको थियो ।