काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)का बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (इएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्न सम्झौता भएको छ । सो सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल केसी र आईआईएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित यूनिभर्सिटी अफ पम्पेयू फ्याबरा बार्सेलोना स्कुल अफ म्यानेजमेन्ट (यूपीएफ-बीएसएम) को वातावरणीय, सामाजिक र सुशासन (इएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिने छ ।
सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा इएसजी सँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ ।