News Portal

  • सानिमा जिआईसीको सञ्चालकमा ६ जना निर्वाचित

    आर्थीकसंसार संवाददाता३२ जेठ, २०८०
    २३२ पटक
    ३२ जेठ, २०८०

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारण सभाले सञ्चालक समितिमा संस्थापक सञ्चालक ३ र सर्वसाधारण सञ्चालक ३ जना गरी कूल ६ जनालाई निर्विरोध निर्वाचित गरेको हो ।
    नवर्निवाचित सञ्चालकहरुमध्ये संस्थापक सेयरधनीहरुको तर्फबाट कुनाल कयाल, दिलिप श्रेष्ठ र मिता मुरारका अग्रवालले संचालक समितिमा प्रतिनिधित्व गर्ने छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट डा. हेमन्त कुमार दवाडी, प्रकाश मान श्रेष्ठ र सरस्वती गौतम (ज्ञवाली) ले संचालक समितिमा प्रतिनिधित्व गर्ने छन् ।
    काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको उक्त सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
    त्यसैगरी आगामी आ.व. २०७९/०८० का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा श्री एन.अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित भएको छ ।
    साथै, कम्पनीले आफ्नो् व्यवसाय थप विस्तार गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्न त्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्