News Portal

  • सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट

    आर्थीकसंसार संवाददाता३० जेठ, २०८०
    १८५ पटक
    ३० जेठ, २०८०

    काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।
    डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हट र क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको हो ।
    यस सम्झौता अन्तर्गत बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एपबाट नेपालपे कयुआर स्क्यान गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा संचालित केएफसी, पिज्जा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक तुरुन्तै पाउनेछन् ।
    यो योजना असार २१  गते बिहीबारसम्मका लागि लागु गरिएको बैंकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्