![](https://aarthiksansar.com/wp-content/themes/aarthiksansar/images/1px.gif)
काठमाडौं । सिजन मिडियाको आयोजनामा हुने ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२ ’ को अवार्ड वितरण कार्यक्रम सम्पर्न भएको छ ।
संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्री माननिय अमनलाल मोदीको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा १४ जना समाजसेवीहरुलाई आवार्ड वितरण गर्नु भएको थियो ।
देश तथा विदेशमा रहेर सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय सातै प्रदेशका प्रतिनिधि समाजसेवीलाई यस वर्ष पनि सिजन मिडियाले अवार्ड मार्फत
उक्त अवसरमा यसपटक वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादी, कोशी प्रदेशबाट घुन्सा फाउष्डेसनकी संस्थापक योन्जोम शेर्पा, लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा शक्रिय रहनु भएका रक्तदाता कृृष्ण चौहान क्षेत्री, लिभिङ ड्रग्स एण्ड अल्कोहल रिहाव सेन्टरका संस्थापक प्रशान्त शर्मा, मधेश प्रदेशका सामाजिक अभियन्ता प्रकाश थारु छन् ।
त्यसैगरि चितवनको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारी, महेन्द्रनगरका समाजसेवी दिनेश मल्ल, बनेपाकी समाजसेवी जेसी मिलन गुरुङ, हेटौंडाका व्यवसायी तथा समाजसेवी लायन अमित कुमार शर्मा, ललितपुरका नेपाल स्नेही काखकी नेहा पोखरेल, गुल्मीकी पत्रकार तथा समाजसेवी कविता शर्मा, अन्नपूर्ण आत्मनिर्भर बालाश्रम पोखराकी सञ्चालक शारदा बस्नेतलाई पनि अवार्ड दिइएको थियो ।
त्यसैगरी गोरखाली व्यावसायी तथा समाजसेवी दुर्गा श्रेष्ठ र कास्कीकी बाल सामाजिक अभियन्ता प्रिन्सा रेग्मीसहितलाई तेस्रो संस्करणको ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२’ प्रमुख अतिथिको हातवाट दिइएको थियो ।सामाजीक अभियन्ताहरुको सम्मानले समाजप्रति माया र विस्वास रही रहोस र दिन दुखी गरीवको सेवामा खटिरहन हौसलाहोस भन्ने हेतुले उक्त कार्यक्रम गरीएको संस्थाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । भने उक्त कार्यक्रममा वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादीलाई वादी वालवालीकाको अध्ययनलाइ सहयोग पुगोर भन्ने हेतुले कार्यक्रममा उपस्थित दर्शक तथा आयोजको तर्फवाट नगद रु ५० हजार पनी सहयोग गरिएको थियो । साथै व्यवसायी तथा समाजसेवी राज्यलक्ष्मी श्रेष्ठले रु ५० हजार वरावरको खाद्य्य सामाग्री उपलव्ध गराउने वचन दिनु भएको छ भने मिसेस व्यूटी क्वीन नेपाल २०२१ की विजेता लसता साक्यकी ममतामयी आमा सुलोचना शाक्यवाट रु १लाख १ हजार रकम दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।