News Portal

  • प्रभु बैंकले ल्यायो लक्जम्बर्गबाट ५० लाख डलर

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०८०
    २४५ पटक
    २२ जेठ, २०८०

    काठमाडौं । प्रभु बैंकले लक्जम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट डलर भित्र्याउने भएको छ । बैंकले लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलर बराबरको ऋण सुविधा प्राप्त गरेको हो ।
    विश्व वातावरण दिवशको अवसरमा हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ बर्षका लागि उक्त रकम बैंकले प्राप्त गरेको हो । जलवायु परिवर्तनलाई टेवा पुग्ने हिसावले सो रकम सोही क्षेत्रमा लगानी गर्नेछ ।
    बैंकलाई प्राप्त उक्त रकम सार्वजनिक यातायात र ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराइने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जानकारी दिए ।

     

    प्रतिकृया दिनुहोस्