काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घरजग्गा व्यवसाय र जलविद्युतमा लगानी बढाउने भएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले लगानी निर्देशिका अनुसार उक्त क्षेत्रमा विशेष लगानी बढाउने भएको हो ।
नियामक निकायबाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न लागेको हो । यस्तै, कम्पनीले चालु आर्थिक वर्षभित्रै एक सहायक लगानी कम्पनी स्थापना गर्ने प्रक्रृयालाई अगाडि बढाउने योजना बनाएको छ ।
जेठ २२ गते सम्पन्न आफ्नो ३५औं वार्षिक साधारणसभा मार्फत कम्पनीले उक्त जानकारी गराएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनश सेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीको प्रस्तावलाई पारित गरेको छ ।
सभामा अध्यक्ष प्रेमा सिंहले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा व्यवसाय चुनौतिपूर्ण भएको बताइन् । चुनौतिपूर्ण अवस्थामा पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आर्थिक वर्ष २०७८/७९ मा बीमाको पहुँचमा उल्लेखनीय वृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फष्टाउनेमा उनी आशावादी छिन् ।
आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले वृद्धि भई १४ अर्ब ४० करोड, जीवन बीमा कोष २०.८४ प्रतिशतले वृद्धि भई ५० अर्ब ८० करोड र कूल लगानी १९.८५ प्रतिशतले बढी ४७ अर्ब ३ करोड पुगेको इन्स्योरेन्सले जानकारी गराएको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न इन्स्योरेन्स प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आर्थिक वर्ष २०७८/०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको छ ।
घरजग्गा र जलविद्युतमा लगानी बढाउँदै नेशनल लाइफ, चालु आवमै सहायक कम्पनी स्थापना गर्ने
आर्थीकसंसार संवाददाता२२ जेठ, २०८०
२२ जेठ, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने