काठमाडौं । दिनेश थकालीले आजदेखि कामना सेवा विकास बैंकको कमाण्ड सम्हालेका छन् । बैंकको सञ्चालक समितिले आजदेखि थकालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो ।
चार्टर्ड एकाउण्टेण्ट थकाली ३२ वर्षको उमेरमै तत्कालिन सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । बागेश्वरी र साग्रिला गाभिए पछि थकाली कम्पनी सचिव तथा डेपुटी सिइओ भए । साग्रिला डेभलपमेन्ट पछि थकाली प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृतमा प्रवेश गरेका थिए ।
प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृत थकालीले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा रहेर काम गरे । प्रभु क्यापिटलको नेतृत्वमा रहदा उनले दुई वटा म्युचुअल फण्ड निष्काशन गरेका थिए । थकालीले प्रभु बैंकबाट राजिनामा दिएर कामना सेवाको प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिएका थिए ।
थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । उनले लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक वासिङ्गटन, एआइटी थाइल्याण्ड, फिच्ट लर्निङ्ग सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विधामा अध्ययन तथा तालिम लिएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए । छोटो समयमै बैंक तथा वित्तीय क्षेत्रमा उदाएका थकाली कुशल व्यवस्थापकका रुपमा परिचित छन् । कामना सेवा विकास बैंकलाई विकास बैंकहरु मध्ये अझ अब्बल र थप प्रतिस्पर्धी बनाउदै लैजाने सिइओ थकालीले बताए । बैंकको सम्पुर्ण सूचकहरुलाई अझ माथि पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
दिनेश थकालीले सम्हाले कामना सेवा विकास बैंकको कमाण्ड
आर्थीकसंसार संवाददाता१४ जेठ, २०८०
१४ जेठ, २०८०- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?