News Portal

  • मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने

    आर्थीकसंसार संवाददाता२९ असोज, २०७७
    ११९८ पटक
    २९ असोज, २०७७

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रुपमा विकास गरेको छ । स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी अत्याधुनिक सेवा प्रारम्भ गरेको हो ।
    रेमिट केन्द्रहरुमा नपुगी आफैंले मोबाइलबाट सिधै रकम रेमिट गर्न सकिने हुँदा यसलाई ‘हातैमा रेमिट्यान्स’ भन्ने नाम दिइएको छ । ‘स्मार्ट जमानाको, स्मार्ट रेमिट्यान्स’ भन्ने नाराबाट सुरु गरिएको यो सुविधाबाट नेपालभर आफूले चाहेको स्थानमा रकम पठाउन सकिने मेगा बैंकले जनाएको छ । एकपटकमा बढीमा १ लाख रुपैंयासम्म रेमिट गर्न सकिने छ । प्राप्त गर्ने व्यक्तिको मेगा बैंकमै खाता भएमा सिधै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।
    तर, खाता नभएमा मेगा बैंकका देशभर छरिएका १० हजार एजेन्टहरु तथा मेगा बैंकका देशभरका २ सय ६ वटा शाखा कार्यालयहरुमध्ये आफूलाई पायक पर्ने स्थानबाट नगदमै रकम प्राप्त गर्न सकिने मेगा बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्