News Portal

  • तनहुँ क्षेत्र नं १ मा वाग्लेको अग्रता कायमै

    आर्थीकसंसार संवाददाता११ वैशाख, २०८०
    ३६३ पटक
    ११ वैशाख, २०८०

    काठमाडौं । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।
    हालसम्म वाग्लेले १९ हजार ६५३ मत प्राप्त गरेका छन् । साथै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार ६ सय ६९ मत र नेकपा (एमाले)का सर्वेन्द्र खनालले ६ हजार २ सय ३६  मत प्राप्त गरेका छन् ।
    गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।

    प्रतिकृया दिनुहोस्