News Portal

  • सानिमा बैंकको सप्तरीको बोदेबर्साइनमा नयाँ विस्तारित काउन्टर

    आर्थीकसंसार संवाददाता२९ असोज, २०७७
    १३५२ पटक
    २९ असोज, २०७७

    काठमाडौं । सानिमा बैंकले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त विस्तारित काउन्टर असोज २८ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।
    प्रदेश २, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका–५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको उद्घाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंहले गरे ।
    कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर सञ्चालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्