काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ । मंगलबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार एक हजार ५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टाममा थप १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ भने २४ घण्टामा कोरोना निको हुनेको कुल संख्या ७८ हजार ७ सय ८० पुगेको गौतमले बताए ।
स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८ सय ६७ जना रहेका छन् ।
यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको गौतमले बताए ।
देशभर सक्रिय संक्रमितको संख्या ३५९१५ पुग्यो
आज मात्रै ३५५६ मा संक्रमण पुष्टि
आर्थीकसंसार संवाददाता२७ असोज, २०७७
२७ असोज, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो