News Portal

  • सनराइज बैंकद्वारा विद्यालयमा अनलाईन शिक्षाको लागि आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२७ असोज, २०७७
    १३७० पटक
    २७ असोज, २०७७

    काठमाडौं । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंलाई ३ लाख रुपैंया सहयोग गरेको छ । बैंकले महिला अधिकारसम्बन्धी काम गर्दै आएको जोन्टा क्लबलाई ३ लाख रुपैंया सहयोग गरेका हो ।
    क्लबले काठमाडौं कोभिडको कारण पढाई रोकिएको सार्वजनिक विद्यालयका बालबालिकाहरु अनलाइन शिक्षा सुरु गरेर सहयोग सुरु गरेको छ । यसमा नेपालको सबभन्दा पुरानो र ऐतिहासिक विद्यालय, दरबार हाईस्कूलमा उनीहरुको काम भइरहेको छ ।
    क्लबले बालबालिकाहरु र त्यसमा पनि विशेष गरी केटीहरू पीडित हुने हुँदा निजी र सार्वजनिक विद्यालयहरूमा शिक्षामा फराकिलो अन्तर हुने पाइएकोले विद्यालयमा अनलाइन शिक्षा सुरू गर्न सहयोग पुर्याएको जनाएको छ । जोन्टा क्लब काठमाडौं २०१२ मा जोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापित भएको थियो ।

    प्रतिकृया दिनुहोस्