काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। काठमाण्डौको कमलादीस्थित धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीले गत चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो।
कम्पनीले बाँकी रहेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखी ३५ लाख ८१ हजार ७६० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ३ लाख ५८ हजार १७६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी १० लाख ३४ हजार ९७७ आवेदकको हात भने खालि भएको छ ।
अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।
सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड
आर्थीकसंसार संवाददाता१७ चैत, २०७९
१७ चैत, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो