काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको छ । कम्पनीले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म विक्री खुला गर्दा बिक्री हुन नसकेको संस्थापकतर्फको ११ हजार ६०८ र सर्वसाधारणतर्फको ८९ हजार ४५० कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो ।
यो शेयर खरिद गर्न चाहनेहरुले कात्तिक २ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । संस्थापक शेयरको हकमा न्यूनतम एक हजार कित्ता र सर्वसाधारणको हकमा न्यूनतम एक सय कित्ता र अधिकतमका लागि सम्पूर्ण कित्तासम्म माग गर्दै बोलपत्र पेश गर्न सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । बोलपत्र आवेदन फारम विक्री प्रबन्धकसँगै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विराटनगर, बीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणघाट, बाग्लुङ तथा महेन्द्रनगर कञ्चनपुरमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।
सिभिल लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्न सकिने
आर्थीकसंसार संवाददाता२५ असोज, २०७७
२५ असोज, २०७७- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्टले सवा अर्ब बढी लगानी गर्ने, कृषि र एसएमईलाई प्राथमिकता
- एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक