काठमाडौं । कृषि विकास बैंकले रोल्पाको गंगादेवमा वित्तीय साक्षरता कार्यक्रम गरेको सम्पन्न गरेको छ । ग्लोवल मनी विकको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक गोविन्द गुरुङले बैंक केहो, बैंकले के काम गर्दछ, कसरी वचत गर्ने, वचत गर्दा हुने फाईदा, बैंक खाताका प्रकारहरु, कसरी उद्यम शिलता विकास गर्ने, कृषि विकास बैंकले दिने विभिन्न सेवाहरु, किन कृषि विकास बैंकवाट कारोवार गर्ने लगायत किसानहरुको सेवामा सधै तल्लीन कृषि विकास बैंकको विविध पक्षहरुको वारेमा प्रकाश पारेका थिए ।
वित्तीय साक्षरताको बारेमा जानकारी गराउनका अलावा उक्त कार्यक्रममा वित्तिय साक्षरताको आवश्यकता एवं नेपालको आर्थिक तथा वित्तिय प्रणालीको बारेमा समेत प्रमुख कार्यकारी अधिकृत गुरुङले प्रकाश पारेको बैंकले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख हरि वहादुर पुनले आफ्नो गाउँपालिकामा अधिकांश जनताले खेती किसान गर्ने भएकोले उक्त ठाउँमा कृषि विकास बैंकको शाखा विस्तारको अनुरोध गर्दै बैंकले शाखा विस्तार गरेमा हर तरहले सहयोग गर्ने तथा बैंकको शाखा विस्तार भएमा यस क्षेत्रका जनता लाभान्वित हुने र बैंकलाई समेत फाईदा हुने बताएका थिए ।
रोल्पाको गंगादेवमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता८ चैत, २०७९
८ चैत, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?