News Portal

  • सनराइज बैंकको दरबार हाई स्कुललाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२५ असोज, २०७७
    १२२१ पटक
    २५ असोज, २०७७

    काठमाडौं । सनराइज बैंकले दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न आर्थिक सहयोग गरेको छ । बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौंलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।
    स्थापनाको १३औं वर्ष पूरा भई १४औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाएअनुसार आज जोन्ता क्लब काठमाडौंलाई बैंकले आर्थिक सहयोग गरेको छ ।
    कोभिड–१९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु सञ्चालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु सञ्चालन गर्न पर्याप्त स्रोत, साधन र प्रविधिको अभाव रहेको छ । यसै कुरालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको हो ।
    बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका थिए ।
    जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई सो सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने बताएकी छिन् ।

    प्रतिकृया दिनुहोस्