News Portal

  • माछापुच्छ्रे बैंक र अशोक लेलैण्डबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२३ असोज, २०७७
    ११४० पटक
    २३ असोज, २०७७

    काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
    यसैअनुरुप बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका डोष्ट मोडेलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ । अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
    यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा ब्राण्ड अवारनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको छ ।

    प्रतिकृया दिनुहोस्