काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भइसकेको छ । उक्त आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड गरेको हो ।
आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/ , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login , सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
आइपीओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको छ । आइपीओमा परेको योग्य आवेदकको संख्या १५ लाख ३६ हजार २ सय ६३ जना कायम रहेको छ ।
उक्त आइपीओमा माग भन्दा बढी आवेदन परेकोले योग्य रहेका १५ लाख ३६ हजार २ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर आइपीओ बाँडफाँड गरिएको छ । जसमा १६ हजार ९ सय ७६ जनाले मात्र शेयर पाएका छन् । शेयर पाएका १६ हजार ९ सय ७६ जनामध्ये भाग्यमानी ५ जनाले ११ कित्ता पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।
आत्मनिर्भर लघुवित्तको आइपीओ नतिजा यी तीन तरिकाबाट हेर्न सकिने
आर्थीकसंसार संवाददाता२८ फागुन, २०७९
२८ फागुन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो