News Portal

  • ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सम्झौतापत्रमा हस्ताक्षर

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७७
    १३९२ पटक
    २२ असोज, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    सम्झौतापछि नगदको रूपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आईएमई पे डिजिटल वालेटको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्