काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको थियो । असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने मन्त्रालयको भनाइ छ ।
सरकारले यो सिफारिसलाई कार्यान्वयन गर्छ या के गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि स्वास्थ्य मन्त्रालयलाई बन्दाबन्दी गर्ने अधिकार नभएको बताए । २५ हजारभन्दा माथि सक्रिय संक्रमित पुगेको अवस्थामा स्वास्थ्य संस्थाहरूले धान्न नसक्ने भनेर आँकलन गरेर यस्तो सिफारिस भएको उनको भनाइ छ ।
काठमाडौंमा थपिए १६ सय ८४ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा १६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज काठमाडौका १ हजार २ सय ९६, ललितपुरका २ सय ९३, तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
आर्थीकसंसार संवाददाता२१ असोज, २०७७
२१ असोज, २०७७- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?