News Portal

  • होण्डाद्वारा चाडपर्वको अवसरमा ‘फेस्टिभ बोनान्जा’ योजना

    आर्थीकसंसार संवाददाता२१ असोज, २०७७
    १६७३ पटक
    २१ असोज, २०७७

    काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी ‘फेस्टिभ बोनान्जा’ स्किम ग्राहकवर्गहरु माझ ल्याएको छ । यस योजनाअन्तर्गत होण्डा कारका ग्राहकहरुले १० लाखसम्मको नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरहरु प्राप्त गर्न सक्न्नेछन् ।
    यस योजना अविधिभर ग्राहकहरुले होण्डा कारको खरिदमा १० लाखसम्मको आकर्षक नगद छुटका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, १ वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, ७ वर्षको फाइनान्स सुविधा, १ लाख किमिको वारेण्टी साथै ५ वर्षको फ्रि सर्भिसका समेत प्राप्त गर्न सक्नेछन् । यसका साथै फाइनान्समा लिन इच्छुक ग्राहकहरुको लागि न्यूनतम ४ दशमलव ५ प्रतिशतसम्मको ब्याजदरमा नेट ३० प्रतिशतको न्यूनतम डाउनपेमेन्ट गरी होण्डा कार चढ्न सक्नेछन् । यसका साथै स्किम अवधिभर गाडि खरिद गर्ने ग्राहकमध्ये बाट गोलाप्रथा छनौट गरी १ जनालाई १० लाख रुपैयाँ नगद उपहार गरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्