News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई ओपिअम रेस्टुरेन्ट एण्ड बारमा विशेष छुट

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७९
    ३०१ पटक
    ८ फागुन, २०७९

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित ओपिअम रेस्टुरेन्टबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्