काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई आगामी ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको चार वर्षे कार्यकाल यही असोज १७ गते सकिएपछि बैंकले नयाँ अध्यक्ष चयन गरेको हो । बैंकका अनुसार सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका शम्भुप्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको छ ।
बैंकका नवनियुक्त अध्यक्ष पौड्याल तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका छन । उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनले बैंकिङ करिअर सुरु गरेका थिए । त्यहाँ उनी १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए । एनएमबीमा उनले १७ वर्ष सेवा गरेका थिए । १४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् । होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरेका छन् । त्यही अनुभवका आधारमा उनी हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक)मा प्रवेश गरे । त्यहाँ विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उनको अनुभव छ । समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए ।
नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त
आर्थीकसंसार संवाददाता२१ असोज, २०७७
२१ असोज, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता