काठमाण्डाै । नागरिक लगानी काेष जगेडा काेषकाे आकार चालू आवकाे दाेश्राे त्रैमासमा प्रतिशतले खुम्चिएकाे छ । काेषले प्रकाशन गरेकाे अपरिस्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म जगेडा काेषमा जम्मा १५ अर्ब ३३ कराेड ७२ लाख रुपैयाँ रहेकाे थियाे । गत आवकाे दाेश्राे त्रैमासमा काेषसँग जगेडा काेषमा १९ अर्ब ६२ कराेड ६४ लाख रुपैयाँ रहेकाे थियाे ।
काेषकाे अपरिस्कृत वित्तीय विवरण अनुसार बीमा काेष दायीत्व गत आवकाे पुस मसान्तमा १ अर्ब ५२ कराेड १९ लाख रुपैयाँ रहेकाेमा चालू आवकाे पुस मसान्तसम्ममा १ अर्ब ६० कराेड ४४ लाख रुपैयाँ पुगेकाे छ । बीमा काेषमध्ये निजामती बीमा काेषमा सर्वाधिक ३ अर्ब ७६ कराेड रुपैयाँ रहेकाे छ । यसैगरी दाेश्राे ठूलाे बीमाकाेष रकम ३ अर्ब ६ कराेड रुपैयाँ शिक्षक बीमा काेषमा रहेकाे नागरिक लगानी काेषले प्रकाशन गरेकाे त्रैमासिक विवरणमा उल्लेख छ । सुरक्षा संगठनहरूमध्ये सैनिक बीमा काेषमा काेषसँग सर्वाधिक १ अर्ब ४० कराेड ६४ लाख रुपैयाँ रहेकाे छ।
काेषले समयकालीन कर्जा सुविधा अन्तर्गत याेगदानकर्तालाई गत पुस मसान्तसम्ममा २२ अर्ब ६९ कराेड रुपैयाँ कर्जा लगानी गरेकाे छ। यसबाहेक सहभागी सापटी तथा आवास कर्जा अन्तर्गत याे अवधिमा ४५ अर्ब ९२ कराेड रुपैयाँ कर्जा लगानी गरेकाे छ। काेषले मुद्दती निक्षेपमा १ खर्ब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेकाे छ। गत आवकाे पुस मसान्तसम्ममा मुद्दती निक्षेपमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गरेकाे थियाे । एक वर्षकाे अवधिमा मुद्दती निक्षेपकाे आकार जम्मा १ अर्ब रुपैयाँले वृद्धि भएकाे छ ।
नागरिक लगानी काेषकाे आकार करिब २८ प्रतिशतले खुम्चियाे, मुद्दती निक्षेपमा थप रू.१ अर्ब
आर्थीकसंसार संवाददाता२७ माघ, २०७९
२७ माघ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?