News Portal

  • माछापुच्छ्रे बैंकको २० वर्ष पूरा गरेको अवसरमा २० प्रतिशत क्यास ब्याक

    आर्थीकसंसार संवाददाता२० असोज, २०७७
    १७१९ पटक
    २० असोज, २०७७

    काठमाडौं । स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ट्वान्टी–ट्वान्टी (२०–२०) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ ।
    चाडवाडमा हुने किनमेललाई ध्यान दिँदै बैंकले डेबिट–क्रेडिट कार्ड र मोबाइल बैंकिङमा क्यास ब्याक दिने भएको छ ।
    माछापुच्छ्रे बैंकका डेबिट–क्रेडिट कार्डवाहकले पीओएस वा इ–कमर्स साइटहरुमा भुक्तानीका साथै मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यास ब्याक हुनेछ ।
    बैंकको वार्षिकोत्सवका अवसरमा यो योजना २० दिनसम्म सञ्चालन हुने जनाइएको छ । यो स्किममा सहभागी हुन ग्राहकले कम्तिमा २०० रुपैयाँ बराबरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नु पर्नेछ ।
    माछापुच्छ्रेका देशभर १६० शाखाका साथै १३३ वटा शाखारहित बैंकिङ सेवा इकाइ छन् । बैंकका ५ एक्सटेन्सन काउन्टर पनि छ । माछापुच्छ्रे बैंक गत वर्षको साधारणसभा घोषणा गर्ने पहिलो बैंक बनेको छ ।

    प्रतिकृया दिनुहोस्