काठमाडौँ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा कम्पनीको ‘थ्रि एस’ सेवा अन्तर्गत: सेल्स, सर्भिस र स्पेयर पाटपूर्जा सम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ ।
शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाइको एक्स्काभेटरहरू, चट्टान तथा अरू हेभि पद्धार्थ फुटाउनका लगि ‘जिसुङ र रामर’ ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, साथै विश्वको नम्बर एक ‘एम्. बि. बकेट क्रसर’ पनि त्यहाँबाट सहजरूपमा खरिद गर्न सकिने छ । यससँगै निर्माण व्यवसायी तथा इक्विप्मन्ट अपरेटरहरूले भरपर्दो हेभि इक्विप्मन्ट किन्न टाढा गइरहनुपर्ने छैन । साथै हेभि इक्विप्मन्टको मर्मत तथा पार्टपूर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिने छ ।
हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट, नेपालको हेभि निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो । कम्पनीले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्स्काभेटर’ को बिक्री वितरण गर्दछ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटि, उत्खनन् एवं खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मन्टको रूपमा रहँदै आएको छ ।
धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
आर्थीकसंसार संवाददाता१३ माघ, २०७९
१३ माघ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने